गर्मी मौसमका लागि केही ‘व्यूटी टिप्स’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७४, बुधबार ०५:३६

गर्मी मौसमको आगमनसँगै विशेष गरी महिलाहरुमा आफ्नो सौन्दर्यका विषयलाई लिएर चिन्तित हुने गरेका पाइन्छन् । छाला, कपाल, अनुहारका साथै प्रत्यक्ष देखिने शारीरिक अंगहरु यो मौसममा बढी नै प्रभावित हुन्छन् । तसर्थ महिलाहरुले यो मौसममा आफ्नो स्वास्थ्य अझ विशेष गरेर सौन्दर्यको विशेष ख्याल गर्नुपर्दछ । गर्मी याममा महिलाहरुले अपनाउन सक्ने केही व्यूटी टिप्स यहाँ प्रस्तुत गरिएको छ ः

मुख धोइराख्नुस् :
गर्मी याममा कम्तिमा पनि दैनिक चार पटक क्लिन्जरले अनुहार अर्थात् मुख धुने गर्नुस् । सम्भव भएसम्म क्रिम भएका क्लिन्जरहरुको प्रयोग नगरेकै राम्रो यदि तपाईको छाला निकै सुख्खा छैन भने । क्रिम भएका क्लिन्जरले छालालाई निकै नै चिल्लो बनाउँछन् । अनुहारका दाग, धब्बा हटाउन हप्तामा दुई पटक जेलको मिश्रणले राम्ररी मुख धुनु उपयुक्त हुन्छ ।

कपालमा तेल लगाउनुस् :
गर्मी मौसम भए पनि कपालमा निरन्तर रुपले तेल लगाइराख्नुस् र तेललाई एक घण्टासम्म कपालमा नै भिज्न दिनुस् ।

यसपछि स्याम्पु लगाएर कपाल पखाल्नुस् । हप्तामा कम्तिमा पनि दुईपटक यो प्रक्रिया नियमित रुपमा गरिंदा कपाल स्वस्थ हुनुका साथै धुँवा, धुलो तथा मैलाबाट मुक्ति पाउन सकिन्छ ।

घरेलु सौन्दर्य सामग्री :
घरैमा बनाइएका मिश्रणको प्रयोग अनुहारका लागि गर्मी मौसममा मात्र नभइ सधैभरि नै निकै उपयुक्त हुन्छन् । विशेषगरी दही, श्रीखण्डको धुलो, टोमाटो जुस र ध्युकुमारी ९ एलोभेरा ० को जेलको मिश्रण घरमै बनाएर लगाउँदा यसले छाला सफा गर्ने मात्र नभइ अनुहारकै चमक पनि बढ्छ ।

घरबाहिर जाँदा :
गर्मीमा घरबाहिर जाँदा सनस्क्रिन क्रिम , लिप बाम, अनुहार पुछ्न मिल्ने ब्लटिंग पेपर साथमा लिएर जानु राम्रो हुन्छ । ओंठ सुख्खा नहोस् भन्नाका लागि बेलाबेलामा लिप बाम लगाइराख्नु पर्दछ । घरबाहिर गइराख्नुपर्ने अवस्थामा अनुहारमा कम्तिमा चार पाँच घण्टाको अन्तरालमा सनस्क्रिन क्रिमको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

शरीर सुख्खा नराखौं :
गर्मी मौसम शरीर चाँडै सुख्खा हुन्छ , यसबाट शरीरमा जलविनियोजनको समस्या देखापर्न सक्छ ।
तसर्थ यसप्रकारका समस्यालाई टाढै राख्न मनग्य पानीका साथै ताजा जुस , हरिया तथा ताजा सागपात , फलफूल सलाद खाइराख्नु पर्दछ । हरिया सागपात तथा फलफूलले विषाक्त पदार्थ उत्सर्जन गर्नुका साथै

कगmmभच द्दशरीरलाई सुख्खा रहन दिंदैन । गर्मीको मौसममा धेरै चिल्ला तथा मसालेदार खानाबाट टाढै रहनु श्रेयष्कर हुन्छ किनकि यस्ता खाद्यपदार्थको उपभोगले छालामा तैलय पदार्थ जम्मा हुने सम्भावना बढी हुन्छ । फलस्वरुप अनुहार तथा छाला निकै चिल्लो देखिन्छ ।

हलुका मेकअप :
गर्मी मौसम हलुका श्रृँगार गर्नु राम्रो मानिन्छ , गाढा श्रृँगार गर्मीमा निकै भद्दा देखिन्छ । आँखा , ओंठमा हलुका गाजल र लिपस्टिक प्रयोग गरेर व्यक्तित्वलाई समर लुक दिन सकिन्छ ।

आँखा र कपालको विशेष हेरचाह:
गर्मी मौसममा यदि लामो समयसम्म घर बाहिर काम गर्नुपर्ने अवस्था आएमा आँखा र कपालको विशेष हेरचाह गर्नुपर्दछ । राम्रो खालको चश्मा तथा टाउको छोप्न स्कार्फ वा ह्याटको प्रयोग गर्न सकिन्छ ।

सुहाउँदो स्टायल:
जो कोहीले आफुलाई सहज एवं सजिलो हुने खालको स्टायल गर्नु पर्दछ । विशेष गरी कपालको कुरा गर्दा लामो कपाल हुने महिलाहरुले कपाल पटक पटक घाँटी वरिपरि वा अगाडि आएर दुख नदेओस् भन्नाका लागि कपाललाई राम्ररी बाँध्ने वा पोका बनाउनु पर्दछ । यदि आँटै गर्नु हुन्छ भने यो गर्मी याममा कुल देखिन कपाल छोट्याएर स्मार्ट बन्न पनि सक्नुहुनेछ ।

ब्लिचको प्रयोग :

गर्मी यामलाई विशेष बनाउन चाहानुहुन्छ भने घरैमा आफ्नो छालाका लागि सजिलो तथा नौलो ब्लिच तयार गर्नुहोस् । यसका लागि केही दही बेसनको पीठोमा मिसाउनुस् , यसपछि सिंगो कागतीको आधा भागको रस यसमा मिसाउनुस् । यी सबै मिश्रणलाई राम्ररी मिलाएर पेष्ट बनाउनुस् । यसरी बनाईएको पेष्टलाई अनुहार तथा गर्धनमा लगाएको १५ मिनेटपछि चिसो पानीले धुने गर्नुस् । नियमित रुपमा यो तरिका अपनाउँदा अनुहार तथा गर्धन सफा हुनुका साथै छालामा चमक आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१