दुखद खबर : ललितपुरमा ६ वर्षीय बालिका बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७४, बुधबार ०५:२०

ललितपुर। ललितपुरको दक्षिणी भेगमा पर्ने बागमती गाउँपालिका–४ स्थित प्युटारमा एक बालिका बलात्कृत भएकी छन्। सोही गाउँकै आन्दाजी २५ वर्षीय कृष्णबहादुर बोम्जनबाट सोमबार विहान ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्।

बोम्जनले चकलेट र पैसा दिन्छु भन्दै घर नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। विहान वनमा घाँस काट्न गएकी एक महिलाले बालिका बलात्कृत भइरहेको दृश्य देखेपछि प्रहरी र आफन्तलाई खबर गरेकी थिइन्। महिलाले देखेपछि अभियुक्त भागेका थिए।

बलात्कृत बालिकाको योनीबाट रगत बगिरहेको अवस्थामा भेटिएकी थिइन्। उनलाई सोमबारै प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको थियो। अहिले उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन्।

पीडित बालिकाले आफूलाई चकलेट दिन्छु भन्दै घरनजिकैको जंगलमा लगेर जवर्जस्ती गरेको बयान दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनले भने, ‘आवेगमा आएर बालिकामाथि यस्तो दुराचार गर्ने अभियुक्तलाई हामीले त्यसै छाड्दैनौं, कानुनी कारवाहि गर्छौं ।’ बलात्कृत बालिकाका आफन्तले कडा कारबाहीको माग राख्दै अहिले प्रहरी वृत्त चापागाउँ घेराउ गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१