सौताको रिसले आमाले लगाइन् आगो, जलेर दुई सन्तानको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७४, मंगलवार ०५:५३

रामेछाप । सौतासौताबीचको झगडाले उग्ररुप लिएपछि आफू बस्दै आएको कटेज भित्र दुई बालबालिका राखेर आगो लगाउँदा दुई सन्तानको डढेर मृत्यु भएको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ६ पन्नेचउर मा पर्ने दिलबहादुर खत्रीको कटेजमा उनकी जेठी श्रीमती तारा केसीले आगो लगाउँदा कटेजभित्र सुतेका ४ वर्षीय छोरा विपीन खत्री र ३ वर्षीय छोरी रमिता खत्रीको डढेर मृत्यु भएको हो ।

केही समयअघि दिलबहादुरले कान्छी श्रीमती घरमा ल्याएको र जेठीलाई हेला गरेपछि सौतासौताको विवादका कारण उक्त घटना घटेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । घटना पछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनामा संलग्न तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

घटनाको थप विवरण र घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी घटनास्थलमा नै रहेको र मृतकको शव पोर्ष्टमार्टम गर्नको लागि  जिल्ला सदरमुकाम मन्थली ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१