एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७४, सोमबार ०५:१९

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ।

यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने र  परीक्षाका लागि देशभर गरी एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१