विश्वको अननैठो शहर जहाँ बस्दा पैसा पाइन्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७४, सोमबार ०४:४४

काठमाडौं । इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ। कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन्।

मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पु–याउने उनको लक्ष्य हो। अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ। यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए।

मेयरले यो अफरअन्तर्गत सिंगललाई ८०० युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन्। तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ। यहाँ बस्नखोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ। मेयरसँग काम गर्ने एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१