सपनासम्बन्धी रोचक तथ्यका बारेमा थाहा पाइराख्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७४, सोमबार ०४:३४

हामी सबैले राति सुत्दा सपना देख्छौं । केही सपना याद रहन्छन् भने केहीलाई हामीले भुल्छौं । तर सपना किन आउँछ भन्ने जिज्ञासा तपाईंलाई अवश्य होला । यहाँ हामी सपनासम्बन्धी रोचक तथ्य बताउन गइरहेका छौं ।

सपनामा तपाईं कहिल्यै कसैलाई सही समय बताउन सक्नुहुन्न । सपनामा कसैलाई समय बताउनुभयो भने हरेकचोटि अलग अलग समय देखिन्छ ।
सपना देख्दा मानिसले कहिल्यै घुर्दैन ।

हुन त सबै व्यक्तिले सपना देख्छन् तर आँखा खुल्नेबित्तिकै ५० प्रतिशत सपना बिर्सिइन्छ । आँखा खुलेको १० मिनेटमा सपनाको ९० प्रतिशत भाग यादै आउँदैन ।

सपना आउँदैन भनी सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हरेक व्यक्तिले सपना देख्छ तर सम्झन नसकेको हुन सक्छ ।
एक व्यक्तिले एक वर्षमा करीब १४ सय ६० सपना देख्छ ।
सपना त तपाईंलाई याद रहला रे तर कहाँबाट यो शुरु भयो भन्ने चाहिँ याद हुँदैन ।
चार वर्षसम्मका बच्चाले पटक्कै सपना देख्दैनन् ।

अन्धा मानिसले सपना नदेख्ने कुरै हुँदैन, उनीहरू पनि सपना देख्छन् । अन्धाहरूले सपनामा सुगन्ध, दुर्गन्ध र आवाजहरू महसूस गर्न सक्छन् ।
सपना देख्दा हाम्रो शरीर पक्षाघात जस्तो हुन्छ र यतिखेर हामी केही पनि गर्न सक्दैनौं ।
सुत्दाखेरी हाम्रो दिमाग स्थिर हुँदैन । सुत्दा र सपना देख्दा हाम्रो दिमाग जागेको बेलामा भन्दा बढी तीव्रताका साथ काम गर्छ ।
सपनामा हामी प्रायः पहिले देखिसकेका मानिसलाई नै देख्छौं । सपनाका बेलामा हाम्रो दिमागले नयाँ अनुहार बनाउन सक्दैन ।
बिहानीपख देखिएको सपना सत्य हुन्छ भन्ने मान्यता छ तर यसमा खासै सत्यता छैन । सपनामा देखिएको कुरा भविष्यमा गएर साकार हुने सम्भावना अत्यन्त क्षीण हुन्छ ।

मानिसले मात्र नभएर जनावरले पनि सपना देख्छन् । सुतिरहेको बेलामा जनावरले हातखुट्टा हल्लाएको देख्नुभयो भने उसले सपना देखिरहेको छ भनी जान्नू ।
कहिलेकाहीँ सपना देख्दादेख्दै हाम्रो आँखा खुल्छ र सपना अधूरो हुन्छ । तर अधूरो सपना फेरि त्यहीँबाट शुरु गर्न चाहनुहुन्छ भने तुरुन्त आँखा बन्द गरेर सिधा पल्टिनुस् । यसो गर्दा तोडिएको सिलसिला फेरि जोडिने सम्भावना हुन्छ ।

हामीलाई हरेक डेढ घन्टामा नयाँ सपना आउँछ र सबभन्दा अनौठो कुरा चाहिँ सबभन्दा लामो सपना बिहानीपख आउँछ । त्यसबेलाको सपना ३० देखि ४० मिनेटको हुन्छ ।

तथ्यांकको कुरा गर्दा आईक्यु स्तर धेरै हुने मानिसलाई धेरै सपना आउँछ ।

कुनै व्यक्तिलाई फिटिक्कै सपना आउँदैन भने उसमा पर्सनालिटी डिसअर्डरको लक्षण हुन सक्छ ।
रंगीन टिभी नआउन्जेल मानिसलाई सपनाहरू पनि ब्ल्याक एन्ड ह्वाइट हुन्छन् जस्तो लाग्थ्यो ।
केही वैज्ञानिक आविष्कार सपनाका कारण भएका छन् । सिलाई मशिनको आविष्कार गर्ने एलियास होवेले एक रात आदिवासीहरूले आफूलाई पक्रिएको सपना देखे । उनीहरूले उनलाई जलाउन लागेका अनि एउटा हतियार लिएर अचम्मको तरिकाले केही सिलाइ गरिरहेको पनि उनले देखे । यही सपनाका कारण एलियासले सिलाई मशिनको आविष्कार गर्ने आइडिया फु–यो।
एक व्यक्तिले पूरा जीवनकालमा करीब ६ वर्ष सपना देखेरै बिताउँछ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१