सगरमाथा सफाई अभियान, सयौं टन फोहोर काठमाडौँ ल्याइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७४, सोमबार ०४:३२

काठमाडौँ । पर्यटक एवं आरोहीहरूले मिल्काएको १ सय टन फोहोर हवाई जहाजमा राखेर काठमाडौँ ल्याएर पुनर्चक्रण गर्ने गरी सगरमाथा सफाइ अभियान थालिएको छ । अभियानको पहिलो दिन १ हजार २ सय किलो फोहोर लुक्लाबाट पुनर्चक्रणका लागि काठमाडौँ ल्याइएको छ ।

पर्वतारोहीहरूले आफुले उत्सर्जित गरेको सबैखाले फोहोर पनि फिर्ता ल्याउनु पर्ने प्रावधान छ । निजी क्षेत्रको विमान सेवा कम्पनी यति एयरलाइन्सले फोहोर ढुवानीमा सहयोग गर्दैछ ।

यस्तो प्रकारको फोहोरमा विशेष गरी रित्ता बियर बोतल, क्यान, खानेकुरा प्याक गर्ने रित्ता टिनका बट्टा र काम नलाग्ने भएर छाडिएका रित्ता अक्सिजन सिलिन्डर जस्ता पर्वतारोहण र ट्रेकिंग सम्बन्धी सामग्री रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१