मन्त्रीलाई साक्षी राखेर प्रधानमन्त्रीले दिए कर्मचारीलाई कडा निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७४, सोमबार ०४:२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘दैनिक सामान्यरुपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ । जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ । घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सामान्य सरकार होइन, असामान्य सरकार हो । हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ । समान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न सक्दैन ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पुर्याउन खोज्ने, सामाजिक सद्भाव बिर्गान खोज्ने जो कोहीलाई पनि पूर्णरुपमा नियन्त्रण गर्नुस् । त्यसमा कुनै सम्झौता हुँदैन ।’ प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता, अपारदर्शी कार्यमा समेत भ्रष्टाचार कर्तव्यबाट च्यूत हुने, अनियमतता बहानाबाजी गर्ने, जनताको सेवाबाट च्यूत हुने कार्य कदापि पनि स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१