चक्रपथ सरसफाई महा-अभियान ४९ औ हप्तामा, २० टन फोहोर संकलन ४०० को सहभागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७४, आईतवार ०६:४०

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ४८ औ हप्ता पार गरेको छ ।

लोकवहादुर टण्डनको अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा(अभियानले शनिवारदेखि ४९  औं हप्ता पुरा गरिसकेको छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा जनचेतना समेत आव्हान गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

चक्रपथ सफाइको ४९ औँ हप्तामा चक्रपथ क्षेत्रको दायाँबायाँ सडक किनारमा सफाइ गरी फोहर व्यवस्थापन गरियो । सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामे रेलिङ भत्काइयो । केही मानिसले सडक किनारमा व्यापार गर्दा फोहर बढेकाले काठमाडौँ महानगरपालिकाले हटाउने निर्णय गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ४९  औ हप्तामा २०  टन फोहोर संकलन गरियो भने ४००  जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०