राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७४, आईतवार ०६:२४

काठमाडौं। भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ।

चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार)  मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो।

नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा पनि ३५ करोड रुपैयाँ बढी हो। यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ । एक वर्षमा तीन सय ६५ दिन हुने भए पनि भन्सार कार्यालय भने तीन सय ५० दिन खुल्छन्।

अर्थमन्त्री खतिवडाले अहिलेको सरकारबाट जनताले धेरै आशा गरेका र सरकार पनि केही गरेर देखाउने तयारीमा लागेको भन्दै तोकिएको लक्ष्यभन्दा धेरै राजस्व उठाउन दबाब दिए । ‘सरकारले तोकेको राजस्वको लक्ष्य ‘फोलर’ मात्र हो त्योभन्दा धेरै राजस्व उठ्छ र उठाउनैपर्छ’, खतिवडाले भने, ‘यो नै मेरो बटमलाइन हो।’उनले अब अर्थ मन्त्रालय सदाचारमा हिँड्ने भन्दै ‘चेन अफ कमान्ड’ तोड्ने कारबाहीको भागीदार बन्नुपर्ने बताए।

सरकारले यो वर्ष ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। त्यसमध्ये ३ खर्ब २ अर्ब भन्सारबाट उठाउने लक्ष्य हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१