त्रिरत्न आवासीय विद्यालयको १८ औं वार्षिक कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७४, आईतवार ०६:०८
काठमाण्डौ । स्वयंभूमा रहेको त्रिरत्न आवासीय विद्यालयले आज विद्यालयको १८ औं वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको अामि अफिसर कलबमा भएको कार्यक्रमका प्रमुख अतिथी संघीय मामिला तथा प्रशासन मन्त्री लालबावु पण्डितले अभिभावकहरले आ—आफना बालवालिकाहरुलाई शान्तिका अग्रदुत महामानव गौतम बुद्धको देश र नेपालनै विश्वमा सवैभन्दा राम्रो भएको बताउदै आफनो देश प्रति गौरव गर्न प्रेरणा दिनको लागि अनुरोध गर्नु भयो । यसैगरि मन्त्री पण्डितले स्कुलका स—साना बालवालिकाहरुले गरेको सांस्कृतिक नृत्यबाट नेपालको सवै भाषाभाषी जात जातिको प्रतिनिधित्व गरेको बताउनु भयो । सो अवसरमा मन्त्री पण्डितले स्कुलका शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गर्नु भएको थियो । यसैगरि मन्त्री पण्डितले नेपाल कोरिया सांस्कृतिक संघका अध्यक्ष तथा बुद्ध बर्न इन नेपालका अभियन्ता अक्कल तामाड.लाई स्कुलको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो । काठमाण्डौ महानगरपालिकाको वडा नं १५ स्वयंभुमा अवस्थित यो स्कुलले उच्च स्तरीय , गुणस्तर शिक्षासंगै विद्यार्थीहरुको अतिरिक्त कृया कलाप सङ्गीत कला संस्कृती ,नाटक र बक्तृत्वकला आदि विधामा पनि उत्कृष्ट गदै आएको छ । कार्यक्रममा स—साना बालवालिका देखि ठुलठुल्ला बालवालिकाहरुले विविध सास्कृतिक कार्यक्रम गरेका थिए । यसैगरी कार्यक्रमलाई थप रोचक बनाउदै चर्चित गायिका कुन्ती मोक्तालले राष्ट्रिय भावनामा आधारित डालि डालिमा बोलको गीत र अक्रो चर्चित गीत माथि माथि सैलुङ्गेमा बोलको गीत सुनाएकी थिइन । यसैगरी सोहि कार्यक्रमा संचारकर्मी तथा रेडियो नेपालका कलाकार किशोर कुमार सेढाईले भिक्षु आनी छोइङ्ग डोल्माद्धारा स्वरबद्ध “फुलको आँखामा फुल्यै संसार” बोलको गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्कुलमा प्रधानध्यापक राजुलामा कोन्डलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नु भएको थियो । यसैगरी कार्यक्रममा प्रधानाध्यापक कोन्डनले केडिया समुहका अध्यक्ष सुमित्र केडिया, गायिका कुन्ती मोक्तान, सङ्गीतकार शिला बहादुर मोक्तान आदिलाई स्कुलको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१