सहोदर काकाद्वारा ११ वर्षीया बालिका बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७४, आईतवार ०५:४२

स्याङ्जा । आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् ।

बालिकालाई उपचारको लागि पोखरा लगिएको थियो। कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोग र बाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए। तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनायो। घटना स्याङ्जामा दर्ता भएको हो। आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई नै ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरेकी छन्। पीडक पनि फागुन ४ गतेदेखि नै फरार छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल प्रधानले घटनास्थल पुगी प्रहरीले कागज बनाइसकिएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१