बोक्सी कुप्रथा बिरुद्ध धामी, झाक्री र देउमाताहरु अग्रसर हुनुहोस् – मन्त्री लालबाबु पण्डित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७४, आईतवार ०५:१७

सबु बस्नेत। संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सवमा बोल्दै सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले समाजमा बिद्यमान बोक्सी कुप्रथा बिरुद्ध धामी झाक्री र देउमाताहरु नै खुलेर लाग्नुपर्ने बताए । ज्ञान, सीप र क्षमताबाहिर गएर काम गरे जो सुकै जुनसुकै ओहदामा रहे पनि दण्डित हुने र बोक्सी प्रथा जघन्य सामाजिक अपराध भएकोले यसको अन्त्यका लागि सामजमा सचेतना अभियान फैलाउनुपर्ने मन्त्री पण्डितले भने ।

आध्यात्मिक ज्ञान र अलौलिक शक्तिको आडमा जघन्य अपराध गर्न कसैलाई छुट नभएको जीकिर गर्दै यदि गरे गराईएमा दण्डित हुने भएकोले सस्तो लोकप्रियता कमाउन होइन, सामाज रुपान्तरणका लागि धामी झाक्री र देउतमाताहरु अग्रसर हुनुपर्नेमा मन्त्री लाल बाबु पण्डितले जोड दिए ।  Mukunda K Dhungana को फोटो।

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सवको अवसरमा धामी झाक्री र देउमाताहरुको उत्थान एवं विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रियामा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य तथा पर्यटन व्यवसायीहरुको  छाता संगठन नीट नेपालका अध्यक्ष दीपक महतले संस्कृति र संस्कार नेपाल नेपालीको पहिचान भएकोले यसको जर्गेना हामी सबैले गर्नुपर्ने बताए । धर्म संस्कृतिको नाममा समाजमा बोक्सी कुप्रथाले जरा गाडीरहेको यको अन्त्यका लागि यसका ज्ञाताहरुले नै सामाजिक संस्कार बसाल्नुपर्नेमा दीपक महतको तर्क छ ।

Mukunda K Dhungana को फोटो।

अर्का समाजसेवी तथा युवा नेता रमेश महतले धामी झाक्री र देउमताको शक्ति भएकोले धर्मप्रति कसैले आक्षेप लगाउन नहुने बताए । धार्मिक पर्यटनका लागि नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्नेमा रमेश महतको तर्क छ । कार्यक्रममा लोक बहादुर टन्डन,टंक पन्त ,मुकुन्द ढुंगाना लगाएतले  धर्म संस्कृति र परम्पराको आडमा समाजमा बोक्सी प्रथा बिद्यमान रहनु दुःखद भएको बताउदै  बोक्सी प्रथाको अन्त्यका लागि सामाजिक सचेतना अभियान  धामी झाक्री र देउमताबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।

Mukunda K Dhungana को फोटो।

समग्रहमा बोक्सी कुप्रथा जघन्य सामाजिक अपराध हो । यसको अन्त्यका लागि धामी र देउमाताहरुको काउन्सिलिङ आवश्यक छ । आफ्नो सीमा बाहिर गएर धर्म तथा अन्य जेसुकैको आडमा अन्धविश्वासमा भरमा बोक्सी कुप्रथाको बढवा हुने काम गर्ने जो कसैले पनि कानूनले छुट दिने छैन र दण्डित गर्नेछ । त्यसैले आजैबाट बोक्सी कुप्रथा अन्त्यका लागि सामाजिक जनचेतना अभियानमा जुटौ र लागौ । कार्यक्रमको संचालन भवानी प्रसाद पौडेलले गर्नुभएको थियो ।

Mukunda K Dhungana को फोटो।

मन्त्री लाल बाबु पण्डितद्धारा युवा समाजसेवी व्यक्तित्वहरु सम्मानित

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सव अवसरमा नेपाल सरकारको सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितद्धारा सामाजिक क्षेत्र र धार्मिक संस्कृति प्रवद्र्धन संरक्षण गर्ने समाजका अग्रणी महिला तथा पुरुषहरु सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत उनीहरुलाई सम्मान गरिएको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र ले जनाएको छ । युवा समाजसेवी दीपक कार्की र शोभा घिमिरे सम्मानित

विगत एक दशकदेखि महिला तथा वालबालिकको क्षेत्रमा विविध कामहरु गरे वापत युवा उद्यमी तथा समाजसेवी दीपक कार्की र शोभा घिमिरेलाई मन्त्री लाल बाबु पण्डितले सम्मान गरेका हुन् । CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

महिला उद्यमशीलता ससक्तीकरणका लागि कार्की र घिमिरले समाजमा महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् ।

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

सम्मानित हुनेहरुमा कलाकार डोल्मा शेर्पा, सामाजिक अभियन्ता सकिला पाठक ,चित्र बहादुर रसाइली ,राजेश्वरी श्रेष्ठ, इन्दिरा घले,आनी भीम लगायतका एक दर्जन धर्म संस्कृति संरक्षणमा लाग्दै आएका महिला तथा पुरुषहरु रहेका थिए ।

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०