उत्तरी इराकमा ८० पुरुषको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७१, शनिबार १४:४२
एजेन्सी । उत्तरी इराकको एक गाउँमा चरमपन्थीहरुको समुहले यजिदी सम्प्रदायका ८० जना पुरुषको हत्या गरेका छन् ।कयौ बालबालिका र महिलाहरुलाई अपहरण गरेका छन् । शुक्रबार इस्लामिक स्टेटका लडाकुहरु सिंजरबाट ४५ किलोमिटर दुरीको उक्त गाँउमा पसेर ती पुरुषहरुलाई इस्लाम धर्म मान्ने वा मर्ने बिकल्प दिएको र उनिहरु यजिदी छोड्न तयार नभएपछि मारिएको बिबिसीले उल्लख गरेको छ । गैर सुन्नी मुसलमानको बिरुद्ध सामुहिक अत्याचारका कारण अन्तर्राष्ट्रिय समुदाय नै आजित बनेको छ ।यसैबीच संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अमेरिकाको न्युओर्कमा इस्लामिक स्टेटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०