फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट)  गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७४, शनिबार ०४:५७

न्युयोर्क । सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट)  गर्ने भएको छ।

फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ।

यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ। ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ फेसबुकले भनेको छ। सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिनेछैन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१