गायिका विष्णु माझीले ‘ याद मात्रै’ आउछ गोपाल खत्रीलाई भनेपछि…  (भिडियो सहित) 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७४, शुक्रबार ०५:४८
आर पोखरेल  ।
नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर आवाजमा सजिएको गित ‘ याद मात्रै’ बोलको मार्मिक लोकदोहोरी गीत योग्सना म्युजिक प्रालीले बजारमा ल्याएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ याद मात्रै’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको ‘ याद मात्रै’ गीतका रचनाकार शुनिल केसीले बताए  ।
गीतमा गणेश अधिकारीको संगित रहेको उक्त गीतलाई विहीवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र सुनिल श्रेष्ठ लगायतले अभिनय गरेका छन् । ‘ याद मात्रै’गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा आवश्यक मात्रामा निर्देशन दिने काम निर्देशक काजिश श्रेष्ठले गरेका छन ।
‘ याद मात्रै’को हेर्नुहोस भिडियो
https://youtu.be/cTMhHm8FOW4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०