६२ वटा २० वर्ष पुराना गाडी सरकारी नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७४, शुक्रबार ०४:४७

काठमाडौं । यातायात व्यवस्था विभागले गरेको अनुगमनबाट ६२ वटा २० वर्ष पुराना गाडी सरकारी नियन्त्रणमा आएका छन्।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो। त्यहीअनुसार विभागले  देशभर अनुगमन थालेको थियो।

अनुगमनको क्रममा देशभरबाट ६२ वटा २० वर्ष पुरानो सार्वजनिक सवारी साधन नियन्त्रणमा लिइएको यातायात ब्यवस्था विभागले जनाएको छ । मेचीमा एउटा, जनकपुरमा ६वटा, नारायणी १५ वटा, गण्डकीमा १३ वटा, लुम्बिनीमा एउटा, भेरी ४ वटा र सेतीमा २२ सार्वजनिक यातायात नियन्त्रणमा परेका हुन्।

यी मध्य गण्डकीमा नियन्त्रणमा लिइएको मध्य २ वटा पर्यटक गाडी र सेतीका सबै २२ वटा टेम्पो रहेका छन्। तर काठमाडौंबाट भने विभागले एउटा पनि साधन हात पारेनको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१