दुब्लो मान्छे कसरि ‘ह्यान्डसम’ बन्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७४, बिहीबार ०५:४०

काठमाण्डौ । मोटोपनको कारण जति मान्छेमा चिन्ता छ त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर ‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि छन् । तर केही घरेलु उपाय अपनाउने हो भने ज्यान सुन्दर बन्न सक्छ । जसकोलागि यि कुरा खाँदा उपयुक्त हुन सक्छ ।

केराः ज्यानमा मासु लगाउने सबैभन्दा प्रभावकारी तरिका हो यो । प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो हुन्छ । एक महिना नबिराइ खाने हो भने शरीरमा परिणाम देखिहाल्छ ।
तातो दुधमा महः सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
खरबुजाः धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

बदामसँग दुधः बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।

कार्बोहाइड्रेडयुक्त खानाः भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।

पनिरः फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१