अर्को दुखद खबर : गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७४, बिहीबार ०४:३२

गुल्मी । गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ  ।

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका-४ का १६ वर्षीय हिमाल दमाई (दर्जी)  लाई  प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको छ  ।

आरोपित अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१