मिडिया नेपालको  दोश्रो वार्षिकोत्सव भोलि अर्थात्  चैत्र १  गते काठमाडौंको अल्फा हाउसमा हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७४, बुधबार ०६:२०

काठमाडौं । स्वतन्त्र पत्रकारहरुको छाता संगठन मिडिया नेपालको  दोश्रो वार्षिकोत्सव भोलि अर्थात्  चैत्र १  गते काठमाडौंको अल्फा हाउसमा  हुने भएको छ ।

मंगलबार मिडिया नेपालको केन्द्रिय कार्यलय बानेश्वरमा बसेको कार्यसमिती बैठकले दोश्रो वार्षिकोत्सव राजधानीमा गर्ने निर्णय सर्वसम्मतले पारित गर्दै अध्यक्ष गोपाल पौड्यालको संयोजकत्वमा वार्षिकोत्सवलाई सभ्य र भव्य बनाउनको लागी ५ सदस्यीय समिती गठन गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सम्मिलित सो संगठनमा ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना सचिव, एक जना कोषाध्यक्ष सहित २१ जनाको कार्यसमिति रहेको छ ।

आगामी दिनमा व्यवसायिक पत्रकारिता तालिम सञ्चालन गर्ने देखि पत्रकारहरुको पेशागत सुरक्षा, मर्यादा लगायतका विषयलाई प्राथमिकता दिएर काम गर्ने मिडिया नेपालले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०