खयर – मर्के, ठोक्किएकोदेखि पेटसम्मको किरा मार्ने घरेलु औषधी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०६:५८

लडेर, ठोकिएर हातगोडा मर्कियो भने खयरलाई उच्च प्राथमिकतामा राखेर प्रयोग गरिन्छ । औषधी र मसला दुबै रुपमा प्रयोग हुने खयरले पेट सम्बन्धी समस्या समेत निको पार्छ । नेपालको अधिकाशं क्षेत्रमा पाइने घरेलु औषधी खयरको व्यवसायीक खेती समेत गरिएको छ । आयूवेदमा यसको महत्व निकै हुनेहुदा खयरको काठलाई पानीमा लामो समय पकाएर त्यसबाट बनाइने कत्था (झोल) खाएर अथवा लगाएर बिरामीको उपचार गरिन्छ । खयर कसरी उपयोगी छ? थाहा पाउनुस् :

यसका फाइदाहरु

  • मर्के, ठोक्किएको निको पार्छ

खयरलाई मर्केको ठाउँमा लगाएर एवं ख्वाएर बिरामीलाई निको पारिन्छ । अहिले पनि गाउँघरमा खयरलाई उच्च प्राथमिकतामा राखेर हातगोडा ठोक्किएको, मर्किएको ठाउमा लगाएर पूर्ण रुपमा निको पारिन्छ । त्यस्तै चौपायाको खुट्टा भाचियो एवं मर्कियो भने पनि खयरको काठको काम्राले बाधिदिने र कत्था दलिदिने गरिन्छ । घाँउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरुमा खयर लगाउनाले त्यस्ता समस्याहरु निको हुन्छ ।

  • पाचन शक्ति बचाउछ

खाना नपच्ने समस्या भएकाहरुको लागि खयर लाभदायक आयूवेर्दिक औषधी हो । खयरको काठलाई पानीमा उमालेर बनाइएको कत्थालाई चियाको रुपमा बिहान बेलुका सेवन गर्नाले खाना नपच्ने जस्ता समस्या सधैका लागि हट्छ । त्यस्तै झाडा, जुका एवं पेट फुल्ने जस्ता समस्या हुँदा पनि खयरको चिया केही दिनसम्म नियमित खाएमा पूर्ण रुपमा ठिक हुन्छ ।

यो पनि: हर्रो कस्तो फल हो? टर्रो स्वादको हर्रोको फाइदा जानिराख्नुस्

  • खोकी निको पार्छ

यदि सुख्खा खोकी निरन्तर लागिरहेको छ भने पनि खयरको कत्था सेवन गर्न सकिन्छ । तातोपानीमा खयरको झोल र बेसार मिलाएर खाने गरेमा केही दिनमै सुख्खा खोकी निको हुन्छ ।

  • कान पाकेमा, दाँत कीराले खाएमा

फोहोर पानीमा पौडी खेल्ने बच्चाहरुमा काम पाक्ने समस्या दोहोरिरहन्छ । अथवा अन्य कारणले पनि कान पाकेको छ भने पाकेको कानलाई सफा गरेर खयरको धुलो थोरै मात्रामा कानमा हाल्दा पिप बग्न रोकिन्छ र कान पाक्ने समस्या समाधान हुन्छ । दाँत दुख्ने समस्या भएकाहरुको लागि पनि खयर लाभदायक औषधी हो । खयर, मरिच र कपुरको धुलो बराबर मिलाएर नियमित दात माज्ने गरेमा दाँतमा कीराले खाने समस्या समाधान हुन्छ । खयरको प्रयोगले गिजापाक्ने जस्ता समस्या पनि ठिक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१