कागती नियमित खानुहुन्छ? यस्ता छन् फाइदा र बेफाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०६:४९

भिटामिन सीको भण्डार हो कागती । मानव स्वाथ्यको लागि कागती अति नै लाभदायक अम्लिय फल हो । यसलाई चियादेखि खाना, खाजा एवं पानीमै पनि घोलेर खाने गरिन्छ । कागतीको मुख्य प्रयोग तौल घटाउन गरिन्छ । त्यस्तै कागतीमा रहेको अम्लले पाचनप्रणालीलाई मजबूत पार्ने र अनावश्यक विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसमा भिटामिन सी उच्च मात्रामा पाइने हुँदा समग्र स्वास्थ्य लागि यो फाइदाजनक छ ।

कागती एक फाइदा अनेक

कागतीको मुख्य फाइदाहरु : 

  • तौल घटाउछ

कागती र महलाई तातोपानीमा घोलेर पिउनाले भोक कम लाग्छ । कागतीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसको कारण भोक र सुगरको मात्रालाई कम गर्दै पर्याप्त शक्ति प्रदान गर्छ । नियमित रुपमा कागतीपानी पिउनाले दिनभर खाइने खानेकुराहरुमा कमी आउछ जसको प्रतक्ष्य प्रभाव तौलमा पर्दछ ।

  • डण्डीफोर हटाउँछ

डण्डीफोर एवं अनुहारको पोतोको समस्या हुनेहरुले कागतीलाई नियमित प्रयोग गरेर लाभ लिन सक्छन् । सुत्नुअघि चिसो पानीले अनुहार सफा गरेर कागतीको रस लगाउने हो भने डण्डीफोर, यसको दाग तथा पोतो क्रमशं हट्दै जान्छ ।

  • ब्लड प्रेसर नियन्त्रण गर्छ

उच्च रक्तचाप (ब्लड प्रेसर) एवं मुटुका रोगीको लागि यो लाभदायक फल हो । यस्ता बिरामीले नियमित कागती पानी एवं खानामा कागती मिलाएर खाने गर्दा रक्तचापमा सुधार आउछ जसले मुटुलाई पनि फाइदा पुर्‍याउछ ।

  • खाना पचाउछ

कागतीको प्रयोगले पाचनक्रियालाई सन्तुलिन बनाउछ । यसले पित्तअम्ल उत्पादन गर्ने हुदा कलेजोको लागि पाचनप्रक्रियमा सहयोग गर्दछ । साथै शरीरमा हुने विषाक्त पदार्थको उत्सर्जनमा पनि सहयोग पुर्‍याउछ । कागतीमा क्याल्सियम, म्याग्रेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरस पाइने हुँदा शरीरको लागि शक्तिशाली सुरक्षाको लागि एन्टिब्याक्टेरियल भएर काम गर्छ ।

  • रोग प्रतिरोधात्मक क्षमता बढाउछ

कागतीको नियमित प्रयोगले मानव शरीरको प्रतिरोधी क्षमता बृद्धि हुन्छ । महसँग कागती मिलाएर सेवन गर्दा एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसँग हुने संक्रमणबाट समेत बचाउछ ।

  • मुख गन्हाउने समस्या समाधान हुन्छ

मुख गन्हाउनु प्राय सबैको समस्या हो । जिब्रो एवं गिजामा जमेको सेतो भागलाई कागतीले हटाउन सहयोग गर्छ । यसले मुखमा भएका ब्याक्टेरियालाई मार्ने भएकाले मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

यो पनि: यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

कागतीका बेफाइदा:

चिनी धेरै खायो भने तितो हुन्छ भनेझै कागतीको प्रयोग पनि धेरै गरियो भने यसले पनि मानवशरीरको लागि हानी पुर्‍याउछ । यसका मुख्य बेफाइदाहरु निम्नानुसार छन् ।

  • डण्डीफोर बढ्न पनि सक्छ

कागती अम्लिय पदार्थको भण्डार हो । सबै व्यक्तिको गालाको डण्डीफोर एवं दागहरु यसले हटाउन सक्छ भन्ने छैन । यसमा हुने अम्ल (एसिड) ले उल्टै छालालाई साइडइफेक्ट पनि गर्न सक्छ । यसको मतलब कागती लगाएपछि अझ बढी सुख्खा र फुस्रो बनाउन सक्छ । अम्लले छालालाई जलाउन सक्ने हुदाँपनि डण्डीफोर सामान्य अवस्थामा भन्दा ठुलो हुने र दाग बढाउन सक्ने सम्भावना हुन्छ ।

  • दातको समस्या हुनसक्छ

दैनिक धेरै कागतीपानी पिउनेहरुमा दातको समस्या हुनसक्छ । कागतीमा हुने अम्लले दाँतलाई कमजोर बनाउदै खियाउछ । कागती पानीलाई बढी तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराखिकन निल्नु नै यसको समाधान हो ।

  • पेट,छातीको समस्या हुनसक्छ

एसिडिटीको समस्या हुनेहरुले कागती प्रयोग अत्यन्तै कम गर्नुपर्छ । कागतीले छाती तथा पेट पोल्ने एवं एसिडीटी बनाउने सम्भावना बढी हुन्छ । खाना खाएपछि कागती खाने गर्दा खानाले भरिएको पेटको पाचन प्रक्रियालाई असर पनि पुर्‍याउन सक्छ । यस्तो अवस्थामा अपच हुने, झाडापखाला लाग्ने जस्ता समस्या पनि सृजना हुन सक्छ ।

  • पिसाब बढी लाग्ने हुनसक्छ

कागती पानी पिउनेहरुमा डिहाइड्रेसन अर्थात जलवियोजनको खतरा पनि उत्तिकै हुन्छ । यसले सामान्य अवस्थामा भन्दा बढी पिसाब लाग्छ । कागती पानी बढी खानुहुन्छ र सामान्य अवस्थामा भन्दा बढी पिसाब लागेको अनुभुती गर्दै हुनुहुन्छ भने कागतीलाई कम गर्दै पानीमात्रै पिउनु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१