फोहर फाल्ने होइन – फोहर पाल्ने पो हो ! अनि तपाईं चाहिं फोहर फाल्ने गर्नु हुन्छकी पाल्ने गर्नु हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०६:२७

हो, हाम्रो घर घरको प्रांगारिक फोहर जति छुट्टयाएर यसलाई उचित वातावरणमा पाल्नु पर्छ – यसो गर्दा आफुलाई पनि फाइदा हुन्छ र घर , टोल, समुदाय , सडक नदी नाला समेत फोहर हुन् पाउदैन / तपाइंले पनि आफ्नो घर टोल,समुदाय मा फोहर ब्यबस्थापन सम्बन्धी उल्लेखनीय कार्य गर्नु भयको छ भने यसै गरी पोस्ट गर्न अनुरोध छ, यसो गर्दा फोहर ब्यबस्थापन सम्बन्धी जनचेतना बृद्धी मा अवस्य सहयोग पुग्ने छ ( यस समुहमा हामी हाल सम्म करिब चौतिस हजार सदस्य छौं ) / आफ्नो घरमा फोहर ब्यबस्थापन सम्बन्धी राम्रो उदाहरण प्रस्तुत गर्दै पोस्ट गर्नु भयको छ रन्जना नेपाल ज्यु ले यसरि : ” झमक बैनी हाम्रो प्रेरणको स्रोत हुनुहुन्छ वहाँ प्रति हामी नतमस्तक छौं । वहाँ जति हामीमा चेतना छैन तेस्मा हामी शर्मिन्दा छौं । म आफ्नो स्तरबाट सक्दो घरको फोहोर ढल र अन्य फोहोर नदीनालामा न जाओस भनेर सक्दो प्रयास गर्छु । अब सानो बायोग्यास बनाएर तेस्को प्रयोग पनि गर्ने तर्खर गर्दैछु । घरमा ईनार खनेर र दुई वटा सोलर प्यानेल हालेर अंध्यारोको मुख हेर्न परेको छैन, पुक्सीन प्रणालीको बायोग्यास पनि राखेको थिएँ तर त्यो हाम्रो देशमा उपयुक्त भएन र तेस्को लागि निर्माण गरेको ट्याँकमा वर्षादको पानी संकलन गर्ने गरेकोछु । यस्मा १६,००० लीटर पानी अटाऊँछ तेसैले यदि पानीको संकट परेमा पनि दुईचार दिन सम्म हाम्रो परिवार बाँचना सक्छ । अब टोस्टराज ज्यूले पोस्ट गर्नु भएको घरेलु बायोग्यास निर्माण गरेर देशको परनिर्भरता संग लड्नेछु । धन्यवाद छ टोष्टराजजीलाई । “

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०