नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०५:१४

कैलाली। घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली प्रहार भएको छ। घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।

उनको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। आक्रमणकारीको पहिचान खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए। मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन खोजेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१