सामसङले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपाली बजारमा, मूल्य कति?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७४, मंगलवार ०५:०२

काठमाडौं। स्मार्टफोन उत्पादक कम्पनी सामसङले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपाली बजारमा भित्र्याएको छ।

ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु सेयर गर्न सामसङले विशेष प्रविधि प्रयोग गरेको कम्पनीले बताएको छ।

कम्पनी अनुसार, यसमा संशोधित गरिएको ड्यूल अपार्चर लेन्स, कम प्रकाशमा खिच्न सकिने क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाइज्ड ए आर इमोजिस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर छ।

सामसङ नेपाल मोबाइल डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले भने, ‘एस नाइन तथा एस नाइन प्लसमा जुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्नेछन्।’

दुबै फोनको इन्टरनल मेमोरी ६४ जिबी रहेको छ।

कम्पनीका अनुसार सोमबार सार्वजनिक एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१