प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई विदामा बस्न न्यायाधीशहरुको आग्रह

काठमाडौं। सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई विदामा बस्न आग्रह गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशलाई कुनै पनि मुद्दा नहेर्न र सर्वोच्च अदालतमा आएर काम नगर्न आग्रह गरेका छन् ।
सोमवार भएको पूर्ण इजलाशको बैठकमा न्यायाधीशहरुले प्रधानन्यायाधीशविरुद्ध उमेर विवाद, शैक्षिक प्रमाणपत्रको आधिकारिकतासँगै उनको न्याय सम्पादनमाथि प्रश्न उठेको हालको अवस्थामा काम नगर्न सुझाव दिएका हुन् ।

पराजुलीविरुद्ध प्रधानन्यायाधीश भइरहन उमेर घटाएको एवं शैक्षिक प्रमाणपत्रको आधिकारिकताका बारेमा प्रश्न उठेको छ । यसका साथै स्वयं संलग्न रहेको विषयलाई लिएर परेको अवहेलना मुद्दाको सुनुवाई गरेकोमा पनि प्रधानन्यायाधीशको आलोचना भइरहेको छ ।

मङ्लबार, फाल्गुन २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री