दुर्घटनाग्रस्त विमानबाट २० जनाको शव निकालियो ,उपचारका लागि केएमसी पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु

यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

उपचारका लागि काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ।

चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू उपचार जारी छ।

सोमवार, फाल्गुन २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री