खाना खानसाथ गर्दै नगर्नुहोस् यस्तो गल्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७४, सोमबार ०६:०९

शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र पुग्दैन, त्यो सहि समयमा र सहि मात्रामा हुनुपर्छ । साथै केहि यस्ता काम छन्, जो खाना खानसाथ तुरुन्तै गर्नुहुन्न । चाहे तपाई जतिसुकै सन्तुलित र पौष्टिक खानेकुरा सेवन गर्नुहोस्, लगत्तै गलत काम गर्नुहुन्छ भने त्यसले नराम्रो नतिजा दिन्छ । के के हुन् त त्यस्ता काम, जो खाना खाए लगत्तै गर्न हुँदैन ।

फल सेवन

फल सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, खाना खानसाथ फल सेवन गर्नुहुन्छ भने त्यसले कब्जियत निम्त्याउने भय हुन्छ । राती वा मध्यन्हमा खाना लगत्तै फल सेवन गर्दा त्यो पचाउन निकै समय लाग्छ । जब, त्यो पेटमा लामो समय रहन्छ, सड्न र एसिडबनाउन थाल्छ । यहि कारण अपच, चजन, ग्यास लगायत पाचन सम्बन्धी समस्या हुन्छ ।

चिया पिउनु

खाना खानसाथ चिया पिउनु घातक हुन्छ । खासगरी रातको समयमा खाना लगत्तै चिया पिउनुहुन्छ भने तपाई चाडै रोगी बन्नुहुनेछ । किनभने खाना खानसाथ चिया पिउँदा त्यसले पाचन प्रक्रियामा असर पुर्‍याउँछ । चिया एवं कफीमा जुन रसायन हुन्छ, त्यसले खानामा रहेको आयरनलाई शरीरमा ग्रहण गर्न दिदैन ।

नुहाउनु

नुहाउँदा हाम्रो शरीरको तापमान नियन्त्रितहुन्छ । तर, खाना खानसाथ नुहाउनु राम्रो मानिदैन । जब नुहाइन्छ, रक्त प्रवाह छालामा बढी हुन्छ । यसले पेट एवं पाचन क्रियामा असर गर्छ । किनभने खाना खानसाथ रगतको प्रवाह पेट र पाचन क्रियामा सहयोग गर्नुपर्छ ।

धुमपान

धेरैको बानी हुन्छ, खाना खानसाथ चुरोट सल्काउने । तर, यो एकदमै अस्वस्थ्यकर बानी हो । खाना खानसाथ एउटा चुरोट तान्नुहुन्छ भने त्यसले १२ वटा चुरोट बराबरको हानी पुग्छ । यसका साथै चुरोटको धूवाँले आन्द्रामा जलन पैदा गर्छ । यसले आन्द्रा र फोक्सोको क्यान्सरको संभावनालाई दुई गुणा बढाउँछ ।

सुत्नु

खाना खानसाथ सुत्ने बानी हुन्छ, धेरैको । उनीहरु ठान्छन्, खाना खाएपछि अल्छी एवं निन्द्रा लाग्छ । तर, यो खराब बानी हो । खाना खानसाथ सुत्दा शरीरलाई खाना पचाउन निकै श्रम गर्नुपर्छ । यहि कारण अपच, तौल बढ्ने जस्ता समस्या हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०