निःसन्तान दम्पतिको लागि खुसीको खबर, ग्रिनसिटीमा आई भि एफ सेन्टर शुभारम्भ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७४, सोमबार ०५:४५

काठमाडौं  ग्रिनसिटी  अस्पतालले आइ भि एफ केन्द्र संचालनमा ल्याएको छ । अत्याधुनिक कोरियन प्रविधि र बिशेषज्ञ सहितको ग्रिनसिटी आई भि एफ सेन्टर शुभारम्भ गरेको अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले जानकारी दिनुभयो ।

बरिष्ठ स्त्री तथा प्रसुति बिशेषज्ञ डा. भोला रिजालले  आइ भि एफ सेन्टरको संचालनले नेपालमा आइ भि एफ सेवाको गुणस्तर र परिणामलाई सुधार्न सहयोग पुग्ने बताउनु भयो । सुबिधा सम्पन्न यस केन्द्रको संचालनले नेपालमा भएका समस्या हल गर्न विदेश जानु नपर्ने  निःसन्तान दम्पतीहरुलाई ठुलो  टेवा पुग्ने उहाँको भनाई थियो ।

ग्रिनसिटी आइ भि एफ सेन्टरका लागि  फर्टिलिटी सेन्टरकी आइभिएफ बिशेषज्ञ डा. स्वस्ति शर्माले नेपालका निःसन्तान दम्पतिका लागि यो सेन्टर अत्यन्त उपयोगी हुने र भारतमा गएर आइ भि एफ सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले उचित शुल्कमा भारत वा अन्य कुनै देशमा उपलव्ध सेवा ग्रिनसिटी अस्पतालले उपलब्ध गराएकाले ढुक्क भएर गोपनियता सहित यो सेवाको फाइदा लिन सबै निः सन्तान दम्पतीलाई आग्रह गर्नुभयो ।

फर्टिलिटी सेन्टरको टिमको नेतृत्व डा.स्वस्ति शर्माले गर्नुभएको छ ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१