प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा नुवाकोट सरोकार समाजको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७४, सोमबार ०५:०७

काठमाडौँ ।  नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो ।

समाजका अध्यक्ष रामलाल श्रेष्ठले राजधानी बनाउनका लागि जल, जमिन, वातावरण र भवन पर्याप्त मात्रा भएको र नुवाकोट छहरे–टोखा सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययन भएको अवस्थामा राजधानी बनाउन उपयुक्त हुने बताए।

नुवाकोटबाट निर्वाचत प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीले यसबारेमा पार्टीभित्र बहस भइरहेको र विकल्पका रुपमा काभ्रे वा नुवाकोट राजधानी बनाउनुपर्ने विचार राख्दै तीव्ररुपमा आर्थिक विकास भएको काभ्रेलाई भन्दा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त हुने सुझाव राखे।

काठमाडौंबाट नुवाकोट जोड्ने तीन मार्ग बालाजु–ककनी हुँदै त्रिशूली, छहरे टोखा हुँदै त्रिशूली, कलंकी गल्छी हुँदै त्रिशूली मार्गको विस्तार भइरहेको र केरुङ र भारतको सीमा ठोरी नाका नुवाकोटबाटै जोडिने हुनाले राजधानी उपयुक्त हुने धारणा राखे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१