दुई प्रहरी सहित सात जना गोंगवुको जुवा खालबाट पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखामा कार्यरत दुई प्रहरी सहित सात जना जुवा खालबाट पक्राउ परेका छन् ।
आईतबार गोंगवु मित्रनगर स्थित कालो बंगुरको सेकुवा घरमा तास खेलिरहेका प्रहरी हवल्दार सुरज थापा र प्रहरी जवान ईन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्सपेक्टर प्रताप पौडेलेको कमाण्डमा खटिएको प्रहरीले टोलीले उनिहरुलाई १ लाख ४७ हजार नगद सहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य जुवाडेहरुमा शैलेन्द्र खड्का, संजय कुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । जुवा खेलाउने कालो बंगुरको सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सोमवार, फाल्गुन २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री