सामसङले एस नाइन र एस नाइन प्लस नेपालमा आज सार्वजनिक हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७४, सोमबार ०४:१९

काठमाडौँ । सामसङले एस नाइन र एस नाइन प्लस नेपालमा सोमबार सार्वजनिक गर्ने भएको छ।

अन्तराष्ट्रिय बजारमा भने यी फोन चैत २ गतेबाट उपलब्ध हुनेछन्। कम्पनीका अनुसार यि स्मार्टफोन सोमबार सार्वजनिक गरिएपनि बजारमा आउन भने थप केहि दिन लाग्ने र चैत भित्रमा ग्राहकले किन्न पाउने कम्पनीले जनाएको छ।

यद्यपी फोनको बुकिङ भने सोमबारबाटै सुरु हुने सामसङले जनाएको छ। कम्पनीबाट प्राप्त जानकारी अनुसार एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय तोकिएकोे छ।

दुबै फोन ६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछन्।

एस नाइन

एस नाइनमा ५।८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड् ओरियोको अपरेटिङ सिस्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ।

फोनमा ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। फोनमा फास्ट चार्जिङ सिस्टम समेत रहेको कम्पनीको दाबी छ।

फोनको पछाडितर्फ एफर१।५ र एफर२।४ अपेचरसहित १२ मेगापिक्सेलका दुई वटा क्यामरा छन्। यसमा सेल्फीका लागि एफर१।७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।

पानी र धुलो प्रतिरोधात्मक यो फोन ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरज भेरियन्टमा उपलब्ध हुनेछ।

फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स समेत अटाएका छन्।

यस फोन कालो रंगमा उपलब्ध हुनेछ।

एस नाइन प्लस

एस नाइन प्लसको डिस्प्ले साइज एस नाइनको भन्दा ठूलो रहेको छ। फोनमा ६,२ इन्चको स्क्रिन छ।

फोनमा ६ जिबी र्याम छ भने ६४ जीबीको इन्टरनल स्टोरजमा बजारमा उपलब्ध हुनेछ।

यसबाहेक फोनको पछाडि एफर१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफर२।४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्।

फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। यसमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ। यसका साथै फोन पानी र धुलो प्रतिरोधात्मक छ।

फास्ट चार्जिङको सुविधासहित फोनमा ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

फोन कालो, निलो र पर्पल गरी तीन वटा रंग भेरियन्टमा उपलब्ध हुनेछ।

यि बाहेक फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स रहेको छ।।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१