‘गणतन्त्र स्मारक’ अन्तिम चरणमा

काठमाडौँ । नेपालमा गणतन्त्र घोषणा भएको सम्झनास्वरुप निर्माण हुन लागेको ‘गणतन्त्र स्मारक’ अन्तिम चरणमा पुगेको छ । गणतन्त्र प्राप्तिको यात्रा तस्बिरमा देखाउने तथा संलग्न सबै पक्षको सम्झनामा स्मारक निर्माण गरिएको हो ।

स्मारक निर्माण कार्य लगभग सकिन लागेको निर्माण कम्पनीले जनाएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ साल चैतमा यसको शिलान्यास गरेका थिए । ५२ रोपनी जग्गामा निर्माण हुने भनिएकोमा अहिले स्मारकले ३५ रोपनी जग्गा चर्चेको छ । पटकपटक समय थप्दै बल्ल बिकोइरस्काइरबगलामुखी जेभीले भवन विभागलाई हस्तान्तरण गर्न थालिएको बताएको छ । लागत ३५ करोड रुपैयाँ नाघिसकेको छ । सहरी विकास तथा भवन निर्माणविभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले ४२ करोड हाराहारी खर्च भइसकेको बताए ।

आन्दोलनका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका, अंगभंग भएका र हराएकाहरूको सम्झनामा चारै पिलर निर्माण गरिएको हो । ती पिलरले द्वन्द्वकालका घटनाको झल्को दिन्छन् ।

आइतवार, फाल्गुन २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री