उल्टो शल्यक्रिया गर्ने दुई चिकित्सकलार्ई एक महिनाका लागि काउन्सिलले गर्यो निलम्बन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७४, आईतवार ०६:०६

काठमाडौं । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल अस्पतालका दुई चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बित गरेको छ ।

मेडिकल काउन्सिलको इथिक्स कमिटिले गरेको छानविनमा नर्भिक अस्पतालका चिकित्सक प्रवीण नेपाल र शैलज रञ्जितकार दोषी भेटिएपछि दुवैलाई एक महिनाका लागि निलम्बित गरिएको हो ।

चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो । एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि पौडेल उपचारका लागि चितवनबाट नर्भिकमा आएकी थिइन् । काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो ।

छलफलका क्रममा डाक्टरले काउन्सिललाई दाहिने घुँडाकै शल्यक्रिया गर्नुपर्ने भएर गरेको भन्दै ढाँटेका थिए । बिरामीका आफन्तसँग पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले ब्यहोर्ने सहमति अस्पतालले गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०