नुवाकोटमा बोकाको मुल्य साढे ३ लाख !

नुवाकोट। नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा साढे तीन लाख रुपैयाँ पर्ने बोको राखिएको छ ।

महोत्सवको प्रदर्शनीमा राखिएको बोयर जातको उक्त बोका अवलोकन गर्न पूर्व अर्थमन्त्री डा. रामशरण महत पनि पुगेका छन् ।

यो बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन् ।

शनिबार, फाल्गुन २६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री