कलेजो कसरी स्वस्थ राख्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७४, बिहीबार ०५:५०

रक्सी नियामित प्रयोग गर्ने व्यक्तिलाई बिस्तारै–बिस्तारै आफ्नो कलेजो बिग्रिदै गरेको हेक्का पनि हुँदैन । कम्तीमा १० वर्षदेखि रक्सी नियमित सेवन या हप्तामा ४ दिन जसो गरेमा सिरोसिस हुन सक्छ ।

दिनहुँजसो १ बोतल बियर, २ ग्लास वाइन, ६० मिली व्ह्स्किी या १ बोतल लोकल रक्सी १० वर्षदेखि खाँदै हुनुहुन्छ भने सजग हुनुस्, तपार्इंको कलेजो खराब भइसकेको हुन सक्छ ।

नेपाली परिवेशमा रक्सी नै कलेजो बिग्रनु वा कलेजो फेल हुनुको प्रमुख कारण हो । जसलाई लिबर सिरोसिस भानिन्छ । हाम्रो समाजमा १ सयमा ८०–९० प्रतिशत लिवर सिरोसिसको मुख्य कारण रक्सीको नियमित सेवन नै हो । अहिले लामो समयदेखि हेपाटाइटिस बि र हेपाटाइटिस सि भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो छ ।

कलेजो ७०–८० प्रतिशत बिग्रिदासम्म पनि कतिपय अवस्थामा कलेजो रोगको कुनै पनि लक्षण वा समस्या नदेखिन पनि सक्छ । नियमित रक्सी सेवन गर्ने र कलेजो बिग्रिदै गरेको व्यक्तिको केही महिना अघिसम्म पनि कलेजोको रगतमा गरिने जाँच पनि सामान्य देखिनसक्छ । कसै कसैमा रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ ।

कलेजोमा बोसो

हिजोआज धेरै बिरामीभिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखियो भनेर हस्पिटल, क्लिनिकमा आउने गरेको देखिन्छ । यसलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ । यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य देखिन सक्छ, उसको रगतको रिपोर्ट सामान्य पनि हुन सक्छ ।

धेरैजस्तो अवस्थामा यो सामान्य जस्तो लाग्न सक्ला तर यसलाई नजरन्दाज वा हेलचेक्राइ गर्नु भने हुँदैन । पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ । कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षणसमेत हुन सक्छ ।

इस्तेतो हेपाटाइटिस

यसलाई दोस्रो चरण मान्न सकिन्छ । यस्मा भिडियो एक्सरे गर्दा कलेजोमा बोसो देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ ।

लक्षण

कसै–कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने, मुख मीठो नहुने, आलस्य, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलो पना सुरू भएर शरीरको अन्य भागमा पनि देखिने । करंग मुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ ।
यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था पनि आउन सक्छ । तर, सफल उपचार गरे बिरामी र कलेजो पहिलेको जस्तै सामान्य हुन सक्छ ।

के–के जाँच्ने रु
– रगत, पिसाब, आवश्यकता अनुसार भिडियो एक्सरे, सिटी स्क्यान, इन्डोस्कोपी
–एलएफटी रगतबाट कलेजो जाँच्दा
– रगतमा हेपटाइटिस बि, सि
– पिसाबमा खराबी– युरिन आरइ, एमइ
– रगतमा बोसोको मात्र उच्च हुन सक्छ
– बल्ड सुगर, युरिक एसिड उच्च हुन सक्छ
– भिडियो एक्सरे गर्दा कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको
– सिटी स्क्यान आवश्यकता अनुसार
– इन्डोस्कोपी आवश्यकता अनुसार

तेस्रो वा अन्तिम अवस्थामा लिवर सिरोसिस हुन्छ । लिवर सिरोसिसलाई सामान्य भाषामालिवर फेल भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो । कलेजोको क्यान्सरपछिको यो दोस्रो गम्भीर बिमारी हो ।

लिभर सिरोसिसका लक्षण

– जन्डिस रहिरहने ९आँखाबाट पहेलोपना सुरू भएर शरीरका अन्य भागमा देखापर्ने र बढ्ने पहेलोपना० र पहेलो पिसाब
– खाना मन नलाग्ने, बान्ता हुने, आलस्य, कमजोरी
– खुट्टा सुनिन्ने, फुल्ने
– पेट फुल्ने,पेट ठूलो हुने
– छाला गलेर आउने, पातलो दुब्लो हुने
– केटा मान्छेको स्तन बढेर आउने
– चोट लाग्दा रगत बगिरहने

कलेजो रोग विशेषज्ञले यस्ता रोगी देख्ने बित्तिकै पत्तो लगाउन सक्छन् । तर, कलेजो के–कति बिग्रेको छ, अरु के–के जटिलता छन्, त्यो हेर्नलाई केही जाँच पठाउनु हुन्छ।

सिरोसिस हुँदा आउने समस्या

– पेटमा पानी जम्नाले पेट फुल्छ । सास फेर्न गाह्रो हुन्छ ।
– खुट्टा फुल्ने, सुनिन्नेहुँदा काम गर्न, हिँड्न गाह्रो हुने ।
– बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने ।
– बोली लरबरिने, बेला–बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने ।
– पिसाबमा कमी हुने ।
– सास फेर्न गाह्रो हुने, केही पाइला हिँड्न पनि कठिन हुने ।
– कलेजोको क्यान्सर

माथि उल्लिखित कुनै पनि समस्या देखापरेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियुमा भर्ना गरेरमात्र उपचार सम्भव हुन सक्छ ।

लिवर सिरोसिसको उपचार
सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दै यो रोग निको हुन्न । जन्डिस भनेको कलेजो खराब भने बुझिन्छ, यो आफंैमा कुनै रोग होइन । जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुप¥योतर बुझ्नुपर्ने कुरो चाहिँ रक्सी बिल्कुलै बन्द गर्नुपर्छ, चुरोट खानु हुँदैन ।

समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । समस्या बढ्न नदिन, कलेजो जति बिग्रियो, बिग्रियो तर थप बढ्न नदिनऔषधी प्रयोग गर्नुपर्छ । खुट्टा सुन्नेको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधीको सेवन, दिसा पातलो गर्ने झोल औषधी लेक्टुलोजको प्रयोग आदि ।

पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सरसल्लाह र नियमित देखाइ रहनुपर्छ । यसको अझै जटिलता नहोस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने । कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प न रहन पनि सक्छ ।

भ्रम

– लिवर टनिक जन्डिसको सफल उपचार
– लिवर टनिक खाएपछि रक्सी खान हुन्छ
– लिवर टनिक खाएपछि कलेजो बिग्रन्न

के बार्ने, के नबार्ने रु

मुख्य कुरा रक्सी नखाने । कलेजो रोगीले कलेजोलाई आराम दिनका लागि माछा, मासु फ्राइ गरेको, चिल्लो नखाने ।
– जन्डिसमात्र हुँदा पानी ज्यादा पिउने भनिन्छ तर सिरोसिस भइसकेपछि अध्यधिक पानी नपिउने । जति पिसाब लाग्छ, त्यति जति नै पानी पिउने ।
–मुख नमिठो हुने हुँदा मीठो पानी ९ग्लुकोज पानी०, फलफूलको जुस खाने भनिएको हो । फलफूलबाट पानीको विकल्पको साथमा स्वादिलो र तागत पनि आउँछ ।किलेजोलाई असर पनि गर्दैन । उखु पेल्ने हात फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ । ख्याल राख्नुपर्छ । पानी उमालेको या सफा फिल्टर गरेको हुनुपर्छ ।
– नियमित बिहान–बेलुका दाल–भात खान मिल्छ । तरकारी बनाउनको लागि प्रयोग हुने प्याज, तेल पनि प्रयोग गर्नु हुन्छ । तेलमा फ्राइ गरेको, तेलमा तारेको, जंक खाना, मम–चाउमिन नखाने ।
– कोक, फेन्टा, प्याकेटमा पाइने खाना नखाने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१