विश्वका २५६ जना महिलाहरु अर्बपतिको सूचीमा, यी हुन् शीर्ष १० महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७४, बिहीबार ०५:३६

यो वर्ष अर्बपतिहरुको सूचीमा अर्को रेकर्ड बनेको छ । विश्वभरको अर्बपति हुने महिलाहरुको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । सन् २०१८ मा सबैभन्दा धेरै २५६ जना महिला अर्बपति सूचीमा अटाएका छन् । तिनको सम्पत्तिको कुल योग १० खर्ब अमेरीकी डलर रहेको छ । यो मूल्य अघिल्लो वर्षभन्दा २०५ बढी हो ।

सूचीको शीर्षमा रहेका अधिकाशं महिलाले अंशमा सम्पत्ति पाएको भएपनि एक चौथाई अर्बपति महिलाले भने आफ्नै बलबुतामा सो स्थान बनाएका हुन् । स्वनिर्मित अर्बपति महिलाहरुको सङ्ख्या अघिल्लो वर्ष ५६ बाट बढेर यो वर्ष ७२ पुगेको छ ।

एलिस वाल्टनले विश्वको सबैभन्दा धनी महिलाको ताज पाएकी छिन् । उनको सम्पत्ति ३३।८ अर्ब डलरबाट बढेर ४६ अर्ब डलर भएको छ । वालमार्टका संस्थापक स्याम वालमार्टकी एकमात्र छोरी एलिस समग्र अर्बपतिको सूचीमा १६ औं स्थानमा रहेकी छिन् । पछिल्लो समय एमेजनसँगको प्रतिस्पर्धामा वालमार्टले निक्कै आक्रामक कदमहरु चालिरहको छ । केही अघि उसले बजफिडको सहकार्यमा भाञ्छा उत्पादनहरु शुरु गरेको छ साथै यसले कपडाको छुट्टै ब्राण्ड शुरु गर्ने वाला छ । वाल्टनले अघिल्लो वर्षकी सबैभन्दा धनी लोरियलकी उत्तराधिकारी लिलियन बेटेनकोटको शीर्ष स्थान लिएकी छिन् । बेटेनकोटको सेप्टेम्बर २०१७ मा ९४ बर्षको उमेरमा निधन भयो । उनको सम्पत्ति पाएकी उनकी एकमात्र सन्तान फ्रान्स्वा बेट्टेनकोर्ट मेयेर्स दोश्रो स्थानमा रहेकी छिन् । उनले आफ्नी आमाबाट अघिल्लो वर्ष अशंमा पाएको सम्पत्तिमा बृद्धी गरेपनि वाल्टनको सम्पत्तिमा भएको उल्लेख्य बृद्धीका कारण उनी दोश्रो धनी बन्न पुगिन् ।

मेयेर्सको सम्पत्ति सो विशाल सौन्दर्य उद्योगको ३३५ सेयरबाट आएको हो । लोरियल फ्रान्स्वाको हजुरबुवा युजिन स्कुलरले सन् १९०९ मा स्थापना गरेका थिए । उनको नेतृत्वमा सो उद्योग पेरिसका हजामहरुलाई कपाल रङ्गाउने उत्पादन बेच्ने सामान्य उद्योगबाट घरेलु नामको रुपमा स्थापित भएको थियो । तेस्रो स्थानमा छिन् २५ अर्ब अमेरी डलरकी मालिक सुस्यान क्लेट्टेन । उनको सम्पत्ति भनेको मुख्यत वीएमडब्लुमा रहेको उनका नाममा अंश आएको शेयर हो । धनी महिलाको शीर्ष १० मा रहेका ८ जनाले सम्पत्ति अशंमा पाएका हुन् । बाँकी दुई अष्ट्रेलियाकी गिना रिनेहार्टले फलाम प्रशोधनबाट सम्पत्ति आर्जन गरेकी हुन् भने अमेरीकी अविगायल जोनसनले परिवारबाटै पाएको सामान्य व्यवसायलाई आफ्नो नेतृत्वमा बृहद बनाएकी हुन् ।

आफ्नो प्रयासबाट अर्बपति हुन चाहने महिलाहरुको लागि अमेरीका र चीन दुई ठाँउ उपयुक्त देखिन्छ । स्वनिर्मित महिलाहरुको दुई तिहाई महिलाहरु यीनै दुई देशका रहेका छन् । ४२ महिलाहरु पहिलो पटक यो सूचीमा परेका हुन् । यसमा दुई अमेरिकी आप्रवासीहरु जयश्री उल्लाल र इरेन ओज्मेन रहेका पनि रहेका छन् । १।३ अर्ब डलर सम्पत्तिकी रहेकी जयश्री लण्डन जन्मिएकी हुन र भारतमा हुर्किएकी हुन् । त्यसपछि अध्ययनको लागि उनी अमेरीका गइन् । उनले सिस्को प्रणालीमा एक दशक बिताएपछि कम्प्युटर सञ्जाल संस्था अरिस्टा सञ्जालमा जोडिइन् । सो संस्थामा उनले सन् २००८ बाट प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेपछि उनको सम्पत्ति बढेको हो ।

त्यस्तै टर्की मुलकी इरेन ओजमेन पनि अध्ययनकै लागि अमेरीका गएकी थिइन् । नेभाडा विश्वविद्यायालबाट एमविए गरेपछि उनले सियरा नेभाडा कोर्प प्रवेश गरिन् । तीन वर्षपछि सन् १९९४ मा उनले आफ्नो पति फतिहसँग मिलेर सो सस्थानै किनिन् । तिनको नेतृत्वमा सो सस्था २० जनाको समूहबाट बढेर ३००० कर्मचारीयुक्त संस्था भएको छ ।

१।५ अर्ब डलर सम्पत्ति रहकी ओजमेन हाल उक्त संस्थाको अध्यक्ष हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१