सामसङ ग्यालेक्सी नोट ८ किन्दा अतिरिक्त सुविधा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७४, बुधबार ०६:१०

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा अतिरिक्त सुविधा दिने बताएको छ।

सामसङ कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ग्यालेक्सी नोट ८ को खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा पनि पाउने जानकारी दिएको हो।

फोरजी डाटा प्रति महिना २ जिबीका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुनेछ। साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ता बन्दीको सुविधा पनि मिलाइएको छ।

ग्यालेक्सी नोट ८ फोनमा इनफिनिटी डिसप्ले, सुधारिएको एस पेन र ट्रियु ड्युल क्यामेरा उपलब्ध छ। यसमा भएको ड्युल क्यामेराको साथ अप्टिकल इमेज स्टाबिलीजेसन ९ओआइएस०ले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०