विश्वको अजब–गजब रेष्टुराँ, कतै हावामा उड्ने, कतै नागों हुने

घरको खानाले जब मन अघाउँछ, तब मानिसहरु मन बहलाउन र स्वादिष्ट खानका लागि रेष्टुराँ जान्छन् । तर कतिपय रेष्टुरेन्ट यस्ता छन्, जसले खाना मात्र फरक किसिमको सर्भ गर्दैन, त्यहाँको चालचलन पनि भिन्न हुने गर्छ । न्युयोर्कमा एक रेष्टुराँ छ । त्यहाँ सबै कपडा उतारेर डिनर गरिन्छ । खाना खाने ग्राहकले चाहेमा शरीरको केहि हिस्सामा कपडा राख्न पाउँछन् । मोस्कोमा एक रेष्टुराँ छ, त्यहाँ काम गर्ने वेट्रेस र वार टेन्डर जुम्ल्यहा छन् । जुम्ल्यहा दिदी बहिनी वेटर्स हेर्ने चक्करमा यहाँ ग्राहकको घुँइचो लाग्ने गर्छ ।

चीनमा पनि यस्तै अनौठो रेष्टुराँ छ । यसको थिम र लुक जेल जस्तै छ । ओपाक्यु क्याफे नामको रेष्टुरेन्ट छ, वेस्ट हलिउडमा । त्यस रेष्टुरेन्टमा अध्याँरो बनाएर खाना दिइन्छ । डाइनिङ रुम अध्याँरो हुन्छ । खाना पनि नेत्रहिन वेटर्सले सर्भ गर्छन् ।

एरिजोनामा एक रेष्टुरेन्टलाई अस्पतालको रुप दिइएको छ । त्यहाँ पाइने बर्गरलाई बाइपास बर्गर भनिन्छ । त्यो हार्ट अट्याक रेष्टुरेन्ट हो । बैंककमा एकदमै अनौठो रेष्टुरेन्ट छ । त्यस रेष्टुरेन्टमा सेक्स सम्बन्धी जागरुकता फैलाउनका लागि वेटरले कन्डोमको टोपी लगाउँछन् ।

चीनको शेनजेनमा रहेको एक रेष्टुरेन्टमा ट्वाइलेट सिट अर्थात कमोडमा बसेर खाना खाने गरिन्छ । त्यही बसेर मिठो परिकार र मदिरा सेवन गरिन्छ । बर्लिनमा एक रेष्टुराँमा डिनर इन द स्काइको थिम बनाएको छ । यहाँ पाहुनाले आकासमा उडेको जस्तै गरेर खाना खान पाउँछन् ।

बुधबार, फाल्गुन २३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री