तातो पानीले नुहाउँदा लाग्छन् यी रोगहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७४, बुधबार ०५:२६

काठमाडौँ । नुहाउँनु स्वास्थ्य आफैमा फाइदाजनक हो । नुहाउनु भनेको शरीर सफा हुनु र रोगबाट टाढा हुनु हो । तर, तातो पानीले नुहाउँदा नै रोग लाग्छ भन्दा तपाईलाई पत्याउन गाह्रो होला । यथार्थमा तातो पानीले नुहाउँदा हामीलाई रोग लाग्छ ।यसैगरी धेरै नुहाउँदा पनि हामीलार्इ विभिन्न रोग लाग्न सक्छ । हामी सातामा एक पटक, तीन पटक वा दिनदिनै नुहाउँछौँ । तराईमा त गर्मीले दिनमै दुई पटक नुहाउने पनि हुन्छन् । तर, विशेषज्ञहरुको भनाईअनुसार दैनिक नुहाउँनाले छालाको सौन्दर्य नष्ट हुन्छ ।

तातो पानीले नुहाउनु हुन्छ रु
जाडोमा नुहाउँन तातो पानी प्रयोग गर्नु हुन्छ रु त्यसो हो भने तपाईको छालाको सौन्दर्य नष्ट भएको हुन्छ । तातो पानीले छालाको प्राकृतिक तेललाई नोक्सान गर्छ । त्यसले छालामा सुख्खापन उत्पन्न हुन्छ । पछि गएर छालामा अनेक रोग लाग्न सक्दछ ।

दैनिक नुहाउँदा के हुन्छ ?
विशेषज्ञका अनुसार दैनिक नुहाउँदा छाला रुखो हुन्छ । यसको प्राकृतिक नरमपन नष्ट हुन्छ । हाम्रो छालाले एक प्रकारको ब्याक्टेरिया उत्पादन गरिरहेको हुन्छ ।

यो ब्याक्टेरियाले रसायनिक उत्पादनले निकाल्ने टक्सिनबाट छालालाई बचाउँछ । तर, हामी दैनकि नुहाउँदा ब्याक्टेरिया नष्ट भई छालाको सुरक्षा कवच बच्दैन । जसले प्राकृतिक रुपमा छाला असुरक्षित हुन्छ ।

दैनिक नुहाउँन आवश्यक छैन
विशेषज्ञका अनुसार हाम्रो छालामा भएको तन्तुले स्वतः छाला सफा गरिरहेको हुन्छ । जसले गर्दा काम नगरी बस्नेले दिनहु“ नुहाउन आवश्यक छैन । यदि कडा शारीरिक श्रम गरेको छ भने दैनिक नुहाउँनै पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१