क्यान्सर रोगले भन्दापनि क्यान्सरको औषधिले बढी रोगी मरिसके

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७४, बुधबार ०५:१७

एजेन्सी । हालै मात्र भएको एउटा अनुसन्धानबाट अस्पतालहरुमा क्यान्सरको औषधिबाट ५० प्रतिशत बिमारीहरुको मृत्यु भएको खुल्न आएको छ ।सो अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्ताहरुले अस्पतालहरुमा क्यान्सरको औषधिबाट ५० प्रतिशत बिरामीहरुको मृत्यु भएपछि विरामीहरुलाई किमोथेरापीको खतराबारे सूचित गर्नुपर्ने बताएका छन् ।

क्यान्सर लागेको ३० दिन भित्र किमोथेरापी गरेका बिरामीहरुको अनुसन्धान गर्दा अनुसन्धानदाताहरुले के थाहा पाए भने ती बिरामीहरुको मृत्यु क्यान्सरका कारण होईन कि त्यसमा प्रयोग गरिएको औषधिका कारण भएको थियो ।द टेलीग्राफको रिपोर्ट अनुसार पब्लिक हेल्थ बेलायत र क्यान्सर रिसर्च यूकेले बेलायतभरी फोक्सोका क्यान्सरद्वारा पिडित रोगीहरु ८।४ प्रतिशत र स्तन क्यान्सरका २।४ प्रतिशत बिमारीमाथि अध्ययन गरेको थियो । ती बिरामीहरुले उपचार थालेको एक महिनामा नै मृत्यु भएको थियो ।कुनै कुनै अस्पतालमा त विमारीको मृत्युको तथ्यांक केही बढी नै भेटियो । मिल्टन किङ्गस अस्पतालमा फोक्सोको क्यान्सरबाट ५०।९ प्रतिशतको मृत्यु भएको समेत अनुसन्धानकर्ताहरुले भेटे ।क्याम्ब्रीज विश्वविद्यालय अस्पतालमा पाँचमध्ये एक बिमारीको मृत्यु भएको र स्तन क्यान्सरको उपचारको सिलसिलामा दुखाइ कम गर्ने थेरापी गराइरहेकी थिइन् ।

तथापि किमोथेरापीको उपयोगिता सकिएको छैन
पब्लिक हेल्थ बेलायतका डाक्टर जेम रैशबासले भने– क्यान्सरको उपचारमा किमोथेरापीको भूमिका निकै महत्वपूर्ण छ र यसको औचित्य सकियो भन्ने कुरा होइन ।चार दशकमा क्यान्सरका विमारीहरुमा केहि सुधार आएको छ भने त्यो किमोथेरापीको कारण नै हो । जुन अस्पतालहरुमा मृत्युको तथ्याङ्क बढी देखिएको छ त्यहाँ क्यान्सरका विरामीहरुलाई प्रयोग गरिने औषधिमा ध्यान दिनुपर्नेछ ।अध्ययनमा स्तन क्यान्सरबाट पिडित २३ हजार महिलाहरु र फोक्सोका क्यान्सरकका पिडित ९ हजार ६ सय ३४ बिमारीहरुलाई ध्यानमा समेटिएको थियो । जसले २०१४ मा किमोथेरापी गराएका थिए । यसमा १ हजार ३ सय ८३ बिमारीले एक महिनामै मृत्युवरण गरेका थिए ।

के हो किमोथेरापीको कमजोरी
किमोथेरापीले शरीरमा विषको काम गर्ने गर्छ । किमोथेरापीले शरीरमा रहेका क्यान्सरयुक्त कोशिका र स्वस्थ कोशिकाहरुबीच भिन्नता छुट्याउन सक्दैन जसले गर्दा स्वस्थ कोशिकाहरु पनि यसले गर्दा बिग्रन पुग्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०