वीर्य दान गर्नुहोस्, आईफोन सिक्स एस लैजानुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७४, सोमबार ०५:२४

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको आईफोन प्रयोग गर्ने चाहना अधिकांश मोबाइल प्रयोगकर्ताको हुने गरेको छ । नेपालमा पनि मोबाइल फोन प्रयोगकर्ताहरुका बिच एप्पलको आईफोन निकै लोकप्रिय रहेको छ भने कतिले यो फोन खरिद गर्नु आफ्नो सपना ठानेका छन् । विश्वभर निकै चर्चामा रहेको एप्पलको हालै सार्वजनिक भएको आईफोन सिक्स एस खरिद गर्न नेपालीले अझै केहि दिन कुर्नुपर्ने हुन्छ । निकै महंगो मूल्य रहेको यो स्मार्टफोन खरिद गर्न आईफोन प्रेमीहरुले अनेक उपाय प्रयोग गर्दछन् ।

नेपालमा जस्तै छिमेकी मुलुक चीनमा पनि आईफोन र एप्पलका उत्पादनहरु उत्तिकै लोकप्रिय रहेको छ । त्यहाँ त किड्नी बेच्नेदेखि आफ्ना कुमारीत्व भंग गराउने लगायतका अनौठा उपायसहित आईफोन खरिद गर्ने गरेको समाचार सार्वजनिक हुने गरेको छ ।

चीनमा आईफोनको लोकप्रियतालाई ध्यानमा राखेर चीनियाँ सोशल मिडियामा एक विज्ञापन आएको छ । यो विज्ञापनमा मानिसहरुलाई आईफोन सिक्स एस ९क्ष्उजयलभ टक्० जित्नको लागि मृगौला बेच्नको साटो आफ्नो वीर्य ९शुक्राणु० दान गर्नको लागि आग्रह गरिएको छ ।

ग्लोबल पोस्टको समाचार अनुसार सोशल नेटवर्किग एप वी च्याटमा यो साता एक विज्ञापन चर्चामा रहेकोछ ।

शंघाईको रेंजी अस्पताल ती केन्द्रहरुमध्येको एक हो, जसले वीर्य ९क्उभचm० दाताहरुलाई प्रोत्साहन गर्नका लागि एप्पलको सबैभन्दा नयाँ आईफोन सिक्स एसको आकर्षणको प्रयोग गरिरहेको छ । अस्पतालले ल्याएको विज्ञापनमा भनिएको छ, ‘किड्नी बेच्ने आवश्यकता छैन, तपाईँ सहजरुपमा सिक्स एस हासिल गर्न सक्नुहुनेछ ।’

आईफोनको कयौं तस्वीरहरुको तल अस्पतालले लेखेको छ, ‘यदि कुनै मानिस सम्पूर्ण स्वास्थ्य परिक्षण कुरा गर्दछ र नियमितरुपमा शुक्राणु दान गर्दछ भने त्यसलाई ६ हजार यूआन दिईने छ ।’ रिपोर्टका अनुसार दानको लागि योग्य प्रमाणित भएपछि ६ हजार यूआन दानकर्तालाई दिईनेछ । जबकी चीनमा एप्पलको आईफोन सिक्स एस मोडलको मूल्य करिब ५ हजार २ सय ८८ यूआन रहेको छ ।

मध्य चीनको हुवाई प्रान्तमा एक स्पर्म बैंकले नयाँ रोज गोल्ड आईफोन सिक्स एसको तस्वीरसहित यस्तो विज्ञापन जारी गरेको हो । यो रंग विशेषगरी चीनियाँ उपभोक्ताहरुलाई ध्यानमा राखेर दिईएको हो ।

शंघाई स्पर्म बैंकको एक प्रवक्ताले योजना अहिलेसम्म सफल रहेको तथा संभावित दाताहरुलाई आकर्षित गरिरहेको बताएका छन् ।

चीनमा अहिले हजारौं निसन्तान दम्पतीहरु छन् । देशको सबै शुक्राणु बैंकमा दानको कमी रहेको छ । यसो हुनुमा कयौं युवाहरुमा यसको जानकारी नहुनु तथा यसमा संकोच मान्नु रहेको बताईन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१