सधैं स्वस्थ रहनका लागि यी पाँच उपाय अपनाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७४, आईतवार १३:२९

स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ। राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ। असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ।

रातिको खाना
राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस्।

मोबाइलबाट टाढा
राति आराम गर्ने समय हो। राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस्।

बिहान छिटो उठ्ने
ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा ठूलो समस्या आउँछ। बिहानको समयमा व्यायाम र ध्यान गर्दा स्वास्थ्य राम्रो रहन्छ । यसो गर्दा दिनभरि ताजा रहनुहुनेछ।

हरियो सागपात खाने
खानामा भरपूर सागपात, सलाद, जुस र फलहरू समावेश गर्नुस् । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ।

नुहाउनुअघि मसाज
हरेक दिन नुहाउनुअघि नरिवल वा जैतून तेलले शरीरको मसाज अवश्य गर्नुस् । यसले शरीर फुर्तिलो राख्छ । अनि छालाको समस्या पनि समाधान हुन्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१