दिनभरिका यस्ता बानीले पुर्‍याउँछन् मस्तिष्कलाई क्षति, कतै तपाईं त गरिरहनुभएको छैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७४, आईतवार ०५:१०

काठमाडौं । चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ।

भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा न्युरोलोजी डिपार्टमेन्टका वरिष्ठ कन्सल्टेन्ट डा प्रणव कुमारका अनुसार, जानकारीको अभावमा मानिसले दिनभरिमा गरेका केही कामले मस्तिष्कमा प्रभाव पार्छ । यो समस्या बढ्दा स्नायुविकार हुन सक्छ । यसले गर्दा स्मरणशक्ति पनि कमजोर हुन्छ । अनि मस्तिष्कमा अन्य खराब असरहरू पर्छन् ।

पर्याप्त नसुत्दा
हामी कम्तीमा सात घण्टा नसुत्ने हो भने दिमागले आराम पाउँदैन । समय बित्दै जाँदा मस्तिष्कको काम गर्ने क्षमता घट्दै जान्छ र स्मरणशक्ति कमजोर हुन्छ ।

धेरै समय एक्लै बस्ने
धेरै समय एक्लै बस्ने मानिसमा अल्झाइमरको जोखिम बढ्छ । मस्तिष्कमा यसको खराब असर पर्छ ।

धेर जंक फूड खाँदा
जंक फूडमा एमएसजी नामक स्वादवर्द्धक कुरा मिसाइन्छ । यसले मस्तिष्कको न्युरोन रिसिभरलाई हानि पु–याउँछ । धेर जंक फूड खाँदा टाउको दुख्ने, छाद आउने र दिग्भ्रमित हुने समस्या आउँछ ।

चर्को आवाजमा गीत सुन्ने
लगातार घन्टौंसम्म हेडफोन र ईयरफोनबाट चर्को आवाजमा गीत सुन्दा मस्तिष्कको कोशिकामा खराब असर पर्छ । यसले अल्जाइमरको समस्या पनि निम्त्याउँछ।

निष्क्रिय बस्ने
कुनै शारीरिक गतिविधि नगरिकन बस्दा मधुमेह, मुटुरोग र उच्च रक्तचापको समस्या बढ्छ । यसबाट मस्तिष्कमा पनि खराब असर पर्छ ।

चुरोट पिउँदा
चुरोट पिउँदाखेरी हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन्। यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१