असल र सफल बनाउने शिक्षा आबस्यक : पूर्व मन्त्रि ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७४, आईतवार ०४:५९

ललितपुर। पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले बिद्धालयले बिद्धार्थीलाइ असल र सफल बनाउने शिक्षा दिनु पर्ने बताउनु भयको छ । एकता एकाडेमी, ललितपुरको १२औ बार्षिकउत्सब समारोहमा बोल्दै पूर्व मन्त्रि ढकालले शैक्षिक स्थल सबै दृस्टीकोणले सुरक्षित हुनु पर्ने, बिद्धार्थी मैत्री वाताबरण हुनु पर्ने तथा खोज र अनुसन्धानमुलक पद्धति द्वारा पठनपाठन गराउनु पर्ने औलाउनु भयो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले घोकन्ते शिक्षाले बिद्धार्थी प्रतिस्पर्धी हुन नसक्ने भन्दै अध्ययनमा बिद्धर्थिको स्वस्फुर्त रुचि बढाऊन सरोकार सबैले ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो । एकता एकाडेमीका प्राचार्य कृष्ण प्रसाद ढकालको अध्यक्षतमा सम्पन्न समारोहमा प्रोफेशर नारायण शर्मा गजुरेल, ललितपुर उपमहनरपालिका वडा नम्बर २४ का निर्बाचित वडा अध्यक्ष दिनेश कार्की, कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भयको थियो । ३०० बिद्धार्थी रहेको एकता एकाडेमीले १०० जना गरिब तथा जेहन्दार बिद्धार्थीलाइ छात्रबृति उपलब्ध गराउदै आयको प्राचार्य कृष्ण ढकालले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१