गर्भावस्थालार्इ अभिनेत्री निशा अधिकारी यसरी गर्दैछिन् सेलिब्रेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७४, शनिबार ०६:०७

काठमाडौ । आफ्नो गर्भअवस्थालाई शो गरेर चर्चामा आउने अभिनेत्रीहरु धेरै छन् । हलिउड बलिउड हेर्ने हो भने त प्रेगनेन्शी फण्डा नै गरीरहेका हुन्छन् । नेपालकी अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला गर्भवती छिन् । गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरिरहेकी छिन्।

सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका नयाँ– नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन्। निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी थिइन्। त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी हुन्।

यसै क्रममा निशाले यही हप्ता इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर सार्बजनिक गरेकी छन् । निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै गर्भावस्थाको तस्विर सार्वजनिक गरेकी हुन्। जुन उनका फ्यानहरुले निक्कै रुचाईरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१