सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुन नसक्ने : नोजा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७४, बिहीबार ०५:४९

काठमाडौँ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा )ले  लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीले अदालतको अवहेलना हुन नसक्ने बताएको छ ।

कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दाबारे संघले सो कुरा बताएको हो ।

केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानाले भन्नुभयो सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश नेपालको संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत भएको भन्दै यसलाई सच्याउन आग्रह गरिएको छ ।

‘सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन÷प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ संघलाई मान्य हुन सक्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०