कोरियाली भाषा परीक्षा जेठमाः ७ हजारभन्दा बढीको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७४, बिहीबार ०५:२१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ।

नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो।

नेपाली युवा छनोटको लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए ।

भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१