विश्वभरका मानिसलाई यस्तो आव्हान गरे सिरियाका एक बालकले

सिरियाका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले एक भिडियो मार्फत विश्वभरका मानिसहरुलाई जाग्न आव्हान गरेका छन् ।

उनले भनेका छन्,‘हामीसँग भगवान् मात्र छन् । अब त जाग अरबका देशहरु । दिनहुँ हामी हाम्रो परिवारका सदस्यहरु गुमाइरहेका छौ ।’

उनले थप्दै भनेका छन्,‘चुप लागेर बसेका देशहरु आँखा खोल । हामीले प्रत्येक दिन परिवार र मानिसहरु गुमाउनु परेको छ । हामीसँग भगवान् मात्र छन् । विश्वका सबै देशहरुले यो सन्देश प्राप्त गरुन् ।’

उनले सबैलाई प्रश्न गर्दै भनेका छन्,‘के हामी आतंककारी हौ । के दिनहुँ मरेका बालबालिका आतंककारी हुन् ।’

पछिल्लो समय अमेरिका, रसिया र सिरियाले गरेको आक्रमणमा परी हजारौ बालबालिकाहरुले ज्यान गुमाएका छन् ।

बुधबार, फाल्गुन १६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री