हेयर स्ट्रेट गर्दै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७४, बुधबार ०४:५२

१. कालो रंग या हेना प्रयोग गरेको एक हप्तासम्म कपाल स्ट्रट गर्न ठीक होइन । यस्तो कपालमा स्ट्रेट नबस्ने मात्रै होइन कपाल नै ड्यामेज हुन सक्छ । हेना लगाएको कपालमा तीन महिना पछि मात्रै स्ट्रेट गर्न राम्रो हुन्छ । स्ट्रेट गरेपछि भने कपालमा रंग लगाउन सकिन्छ ।

२. हावाजस्तो उड्ने कपाल ( वेट नभएको) धेरै नरम कपाल छ भने स्ट्रेट गर्न रहर नगर्दा नै हुन्छ । यस्तो कपालमा स्ट्रेट बस्दैन वा टिक्दैन । धरै चया परेको , झर्ने समस्या भएको , टाउकोमा घाउखटिरा भए पनि स्टे«ट गर्नु हुँदैन ।

३ .शरीरमा ह्वाइट व्लड कम हुँदा , महिनावारी भएको बेला र गर्भवती हुँदा पनि कपाल स्ट्रेट गर्नु हुँदैन ।

४. स्ट्रेट गर्दा पनि कपाल अनुसार फरक तरिका आवस्यक पर्छ ।। हेयर प्रोफेसनलको परामर्समा मात्रै स्ट्रेट गर्र्नुहोला । अफ्नो कपालको प्रकृति अनुसार स्याहा गर्नुपर्ने विषयमा पनि प्रोफेसनलबाट जानकारी लिनुपर्छ ।्

५ .ड्राई कपाल छ भने स्ट्रेट गरेपछि महिनाको दुई पटक ट्रिटमेन्ट गर्नुपर्छ । नर्मल कपालमा भने महिनामा एक पटक ट्रिटमेन्ट गर्दा पनि हुन्छ ।

६. स्ट्रेट गरेको कपाल पखाल्दा कन्डिसनर अनिवार्य प्रयोग गर्नु पर्छ । हेयर सिरोम या हेयर नरिसिङ क्रिम पनि प्रयोग गर्दा उत्तम हुन्छ ।

७ .स्ट्रेट गरेको कपाल बटार्ने तथा पोको पार्ने गर्नुहुँदैन । चिसो अवस्थामा पोको पानु त झनै घातक हुन्छ । कपाल नै भाचिन्छ ।

८.स्ट्रेट गरेको कपालमा धेरै आयल मसाज गर्नु राम्रो हुँदैन । आयल मसाजले कपाल छिट्टै लामो गर्न भुमिका खेल्छ र केही महिनामै स्ट्रेट बिग्रन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१